Logo

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता, एनसीसीका ग्राहकलाई १० प्रतिशतसम्म छुट

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता, एनसीसीका ग्राहकलाई १० प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौं र नेपालगञ्जमा रहेका सोल्टी इन्टरप्राइजेजद्घारा सञ्चालन भैरहेका होटेलमा छुट पाउने छन । बैंकले आफ्नो डेबिट तथा क्रेडिट कार्डका साथै मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउन सकिने जानकारी दिएको छ ।

यसका साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत आफ्ना ग्राहकले उक्त छुट पाउन सक्नेछन् । २५ वर्षदेखि सेवा प्रदान गर्दै आएको एनसीसी बैंकका हाल ७ वटै प्रदेश गरी १ सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र १ सय १४ एटिएम रहेको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL