Logo

नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई बि एण्ड बि हस्पिटलमा विशेष छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई बि एण्ड बि हस्पिटलमा विशेष छुट



काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाण्डौको बि.एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र वि एण्ड वि अस्पताल बीच २०७८ फाल्गुण ०९ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । 

बि.एण्ड बि. हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरे । 

 उक्त कार्यक्रममा हस्पिटलका संचालक प्रा. डा.अशोक कुमार बास्कोटाले बि.एण्ड बि. हस्पिटलले अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे ।

 त्यसैगरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बि.एण्ड बि. हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे ।

 साथै उहांले यस बिशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत ब्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंक लि.का बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बि.एण्ड बि.हस्पिटलका तर्फबाट डा.रिना श्रेष्ठ(बैद्य), डा.सरोज बैद्य, डा.बिवेक बांस्कोटा, चेतना बास्कोटा, प्रविण बराल, बिबेक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल राज्यभर द्दज्ञघ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब १० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिंग प्रविधि मार्फत बैकिंग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिंग सेवा प्रदान गरिरहेको छ ।

 दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपाल बैंकले ढिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरि कारोवार गर्ने ग्राहकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL