Logo

रुकुमको भुमेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा, निक्षेपदेखि बील भुक्तानीसम्म सहज

रुकुमको भुमेमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा, निक्षेपदेखि बील भुक्तानीसम्म सहज



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो शाखारहित बैंकिङ सेवा रुकुमको भुमेमा संचालनमा ल्याएको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित उक्त शाखा संचालनमा ल्याएको हो ।

laxmi

यसै क्रममा बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा यहि माघ २३, गतेबाट ९२ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL