Logo

महालक्ष्मी विकास र हेभन्ली स्पाबीच सम्झौता, बैंकका ग्राहकलाई स्पामा बिशेष छुट

महालक्ष्मी विकास र हेभन्ली स्पाबीच सम्झौता, बैंकका ग्राहकलाई स्पामा बिशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र हेभन्ली स्पा प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई हेभन्ली स्पामा विशेष छुट दिने उद्धेश्यले कम्पनीसँग सम्झौता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

laxmi

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL