Logo

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता, थप एक बर्षका लागि सम्झौता

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता, थप एक बर्षका लागि सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त भएका छन् । गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको हो ।

माघ २० काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. महाविर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

नेपालभरी २ सय १३ शाखाहरु, १ सय ४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २ हजार ५ सय कर्मचारीहरुबाट बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL