Logo

मुक्तिनाथ विकास बैंक र होटल ड्यान्डलियनबीच सम्झौता, ग्राहकलाई होटलका सेवामा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र होटल ड्यान्डलियनबीच सम्झौता, ग्राहकलाई होटलका सेवामा १० प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैक र पोखराको होटल ड्यान्डलियनबीच सम्झौता भएको छ । बैकंले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई होटलको सेवामा छुट दिनेगरी पोखरामा रहेको होटेल ड्र्यान्डलियन सँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

laxmi

उक्त सम्झौता अनुसार बैकंका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल ड्र्यान्डलियनका सेवामा विशेष छुट पाउने भएका छन । यहाँ भएका सेवाहरु मध्ये बसाई, बेड र ब्रेकफास्ट , रेष्टुरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी देशभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी बैकंले भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने सेवासमेत उपलब्ध गराएको छ । जसमा, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL