Logo

सनराइज बैंकले पायाे पुन: ए माइनस ईस्यूवर रेटिङ्ग

सनराइज बैंकले पायाे पुन: ए माइनस ईस्यूवर रेटिङ्ग



काठमाडौं । सनराइज बैंकलाई केयर रेटिङ्ग नेपालले पुनः ए माइनस ईस्यूवर रेटिङ्ग प्रदान गरेकाे छ । केयर रेटिङ्ग नेपालले गरेकाे निरिक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रुपमा ए रेटिङ्ग प्राप्त गरिरहेकाे छ ।

laxmi

ए माइनस रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL