Logo

राष्ट्र बैंकले रोक्यो एनआईसी एसिया बैंकको लाभांश, लगानीकर्तासँग बैंकले माग्यो माफी

राष्ट्र बैंकले रोक्यो एनआईसी एसिया बैंकको लाभांश, लगानीकर्तासँग बैंकले माग्यो माफी



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनअआईसी एसिया बैंकको लाभांश रोकेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णयलाई रद्द गरेको हो। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएको थियो। सोही कारण लाभांश वितरणसम्बन्धी निर्णय रद्द गर्नुपरेको बैंकले जनाएको छ।

laxmi

बैंक सञ्चालक समितिको गत कात्तिक ८ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र ०=७८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णयसहित बैंकले स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको थियो । यस निर्णयबाट बैंकका सेयरधनीहरुलगायत सम्पूर्ण सरोकारावालाहरुलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL