Logo

कृषि विकास बैंकद्धारा सहुलियत घोषणा, डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आर्कषक छुट

कृषि विकास बैंकद्धारा सहुलियत घोषणा, डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आर्कषक छुट



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५ औं बार्षिकोत्सवको अवसरमा आफ्ना सेवा ग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ ।

सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहकहरुमा बैंकले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL