GBIME

ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, शाखा संख्या २५८ पुग्यो


बिजखबर संवाददाता
18 January, 2022 3:11 pm

Chapagaun branch

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।

NLIC
LAXMI

यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL