Logo

माछापुच्छ्रे बैंकका ग्राहकले एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले एमआई र पोको फोन किन्न शून्य प्रतिशत फाइनान्सिङ सुविधा पाउने



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेवाग्राही ग्राहकलाई एमआई साओमी फोन र पोको फोनको खरिदमा शून्य प्रतिशतको फाइनान्सिङ सुविधा दिने भएको छ । बैंकले शुक्रबार बास्टल इमपेक्स प्रालिसँग सम्झौता गर्दै यस्तो सुविधा प्रदान गर्ने जनाएको हो ।

साथै सोही सम्झौतामा कम्पनीले इन्ट्रपे सुविधामार्फत ग्राहकलाई मोवाइल फोनसँगै कम्पनीका अन्य इलेक्ट्रोनिक सामानहरुको खरिदमा समेत विशेष सहुलियत प्रदान गर्ने जनाएको छ । एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरूमा बैंकले शून्य प्रतिशत इएमआई (फाइनान्सिङ) सुविधा प्रधान गर्नेछ ।

उक्त सम्झौतापत्रमा बास्टल इमपेक्सको तर्फबाट डाइरेक्टर नितेशकुमार मन्द्र र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशतको इएमआईमा इन्ट्रपेमार्फत पन्ध्र हजार रुपैयाँसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL