Logo

मुक्तिनाथ विकास बैंकको क्रमिक बचत खाता सञ्चालन, न्यूनतम लगानीमा उच्चतम प्रतिफल

मुक्तिनाथ विकास बैंकको क्रमिक बचत खाता सञ्चालन, न्यूनतम लगानीमा उच्चतम प्रतिफल



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी “मुक्तिनाथ क्रमिक बचत खाता” सञ्चालनमा ल्याएको छ ।

बैंकले बचत खाता तथा मुद्धती खाताको विशेषताहरुलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम , न्यूनत्तम १ वर्ष देखी १० वर्ष अवधिसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएको ग्राहकहरुलाई उच्चत्तम लाभ हुने ब्यहोरा बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दनीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This