Logo

महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न

महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न



काठमाडौं । नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङसम्बन्धि जानकारी गराई डिजिटल बैकिङ प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउँदै आएको एमिटी कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो ।

नेपाल बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले डिजिटल बैकिङ वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतिकरण दिएका थिए । कार्यक्रमको उद्घघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगद रहित अर्थतन्त्रको अवधारणा विकास हुँदै गएकोले आम नागरिकले वित्तीय रुपमा पनि साक्षर हुनुपर्ने बताए ।

कार्यक्रममा १२५ जना स्थानीयको सहभागिता रहेको थियो । त्यसैगरी एमिटी कलेज महेन्द्रनगरमा संञ्चालित कार्यक्रममा प्रधानाध्यापक रबिन्द्र अवस्थी, कलेजका बोर्ड सदस्य डा.नरेद्रबहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीको उपस्थिति रहेको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.पदमराज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकरदत्त भट्टको उपस्थिति रहेको थियो । डिन जोशीले कार्यक्रमबाट बिबिए अध्यनरत बिद्यार्थीहरुमा वित्तीय सचेतना गराएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा ९२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL