Logo

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो सिइओ, यस्ता छन् आवेदकका लागि न्यूनतम मापदण्ड

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो सिइओ, यस्ता छन् आवेदकका लागि न्यूनतम मापदण्ड



काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेको छ । बैंकले यही डिसेम्बर २२ मा एक विज्ञापनमार्फत बैंकका लागि सिइओको आवेदन माग गरेको हो ।

बैंकले उच्च गतिशील, व्यावहारिक, प्रतिबद्ध र कार्यसम्पादन उन्मुख नेपाली नागरिकहरूले बैंकको प्रमुख कार्यकारी अधिकृतकोा लागि आवदेन दिन सक्ने जनाएको छ । सिइओे बैंकको समग्र रणनीतिक नेतृत्व र व्यवस्थापनको लागि जिम्मेवार हुनेछ र सञ्चालक समितिप्रति उत्तरदायी हुने सूचनामा छ।

प्रचलित कानून बमोजिम विकास बैंकको सिइओका लागि योग्य, व्यवस्थापन, बैंकिङ, वित्त वा अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर उपाधि हासिल गरेको, प्रबन्धक स्तर वा माथिको बैंक र वित्तीय संस्थामा कम्तिमा १० वर्षको अनुभव भएका ले सिइओमा आवेदन दिन सक्ने सूचनामा छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले यही डिसेम्बर ५ भित्र नै आवेदन दिइसक्नुपर्ने बैंकले प्रकाशित गरेको सूचनामा छ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड प्रदेश स्तरको विकास बैंक हो । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले आफ्नो १६ वर्षको सफल ट्रयाक रेकर्ड बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL