Logo

सीडी रेसियोमा गभर्नर सन्तुष्ट, ‘सीसीडीमै बसेको भए अझै समस्या हुन्थ्यो’

सीडी रेसियोमा गभर्नर सन्तुष्ट, ‘सीसीडीमै बसेको भए अझै समस्या हुन्थ्यो’



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याउँदा अहिले बैंकिङ क्षेत्रमा कर्जा प्रबाह गर्न सक्ने क्षमता बढेको जानकारी दिएको छ । पछिल्लो समय बैंकर तथा व्यवसायीहरुले सीसीडी अनुपात कायम राख्न माग गरिरहँदा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुहरुले ९० प्रतिशतको सीडी अनुपातको व्यवस्था गरेकै कारण बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रबाह गर्न सकेको बताएका छन् ।

laxmi

‘राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाको सीसीडी अनुपात ८० प्रतिशत थियो तर हामीले कोराना महामारीलाई मध्यनजर गर्दै ८५ प्रतिशत पुर्याएका थियौं,’ उनले भने, ‘अहिले बैंकहरुको सीसीडी हेर्ने हो भने ९१ प्रतिशत पुगिसकेको छ जुन राष्ट्र बैंकले कोरोलाई मध्यनजर गर्दै दिएको सुविधाभन्दा पनि ६ प्रतिशत बढी हो ।’ तर राष्ट्र बैंकले सीसीडी अनुपात हटाएर सीडी अनुपातमा ९० प्रतिशतको सीमा दिँदा हाल बैंकहरुको कर्जा प्रवाहको क्षमताभन्दा २ प्रतिशतमात्रै माथि पुगेको अधिकारीले जानकारी दिए । साथै उक्त सुविधा पनि २०७९ असार मसान्त सम्मका लागि दिएको र उक्त समयभित्र सीमाभित्रै आउने उनको दावी छ ।

यदि बैंकर तथा व्यवसायीले भने अनुरुप सीसीडीको मौजुदा व्यवस्थालाई नै कायम राखेको भए अहिले झनै भयावह अवस्था हुने उनको तर्क छ । बैंकिङ क्षेत्रमा बढी तरलता प्रवाह गर्नकै लागि राष्ट्र बैंकले ठूलो गृहकार्य गरेर ९० प्रतिशतको सीडीको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL