GBIME

‘नबिल स्मार्टपोस’ सञ्चालन गर्न बैंक र दराज तथा आइमार्कबीच साझेदारी


बिजखबर संवाददाता
22 December, 2021 1:00 pm

nabil bank

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।

NLIC
LAXMI

सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बताइएको छ । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने भएको छ ।

आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL