GBIME

नेपाल बङ्गलादेश बैंकको अनलाइन मुद्दती खाता, बिदेशमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई मुख्य लक्ष्य


बिजखबर संवाददाता
20 December, 2021 2:34 pm

nb bank naya khata

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।

NLIC
LAXMI

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटएिम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL