Logo

सनराईज बैंकले ल्यायो ‘सनराईज केयर’ सुविधा, बैंकिङ सम्बन्धी सेवा एउटै प्लेटफर्ममा

सनराईज बैंकले ल्यायो ‘सनराईज केयर’ सुविधा, बैंकिङ सम्बन्धी सेवा एउटै प्लेटफर्ममा



काठमाडौं । सनराईज बैंकले ‘सनराईज केयर’ सुविधा संचालनमा ल्याएको छ । ुस्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौुं अभियानलाई आत्मसाथ गर्दै सन्राइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म सनराईज केयर संचालनमा ल्याएको हो ।

उक्त प्लेटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बंैकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्ने बैंकले जानकारी दिएको छ । बिभिन्न बंैकिङ्ग सुविाधाहरु एकै ठाँउबाट प्रबाह गर्न अत्याधुनिक अनलाइन प्लेटफर्म भएको र जसमार्फत डेबिट कार्डको अनलाईन अकान्ट ओपन, पिन रि इस्यु, पिन चेन्ज, इमकर्स अपडेट, क्रेडिटकार्ड सेटेलमेन्ट, इएमई रिक्वेष्ट, पेमेन्ट अप्सन चेन्ज, मोवाईल बैंकिङ ब्लक र अनब्लकको सुविधा पाइने छ ।

यसका साथै बैंकिङ सम्बन्धी अन्य आवेदनहरु अनलाइन मार्फतनै दिन सकिने बैंकले जानकारी दिएको छ । सोका लागि सनराईज केयरको पोर्टल जततउकस्ररअबचभ।कगलचष्कभदबलप।अयm।लउ मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने छ ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको बैंकले जानकारी दिएको छ । साथै आगामी दिनमा बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बंैकको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL