Logo

सिटिजन्स बैंकद्वारा बैंकको लघुवित्त परियोजना अन्तर्गत ८ लाखभन्दा बढी बीमा रकम हस्तान्तरण

सिटिजन्स बैंकद्वारा बैंकको लघुवित्त परियोजना अन्तर्गत ८ लाखभन्दा बढी बीमा रकम हस्तान्तरण



काठमाडौं । सिटिजन्स बैंकले बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा उनका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५ हजार ७ सय ७४ रुपैयाँ र अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकोले उनका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १ सय २२ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले बीमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिब १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL