Logo

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’, देशभित्र रकम पठाउन सहज

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो ‘सांग्रिला रेमिट’, देशभित्र रकम पठाउन सहज



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रूपमा रकम स्थानान्तरण गर्ने सुविधासहित सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।

नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टमार्फत नेपालभर आफ्नो इच्छ्याइएको व्यक्तिलाई सीधै रकम पठाउन तथा बैंक खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले संचालनमा रेमिट सेवा आन्तरिक विप्रेषण प्रवाहका लागि हो । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको रकमसमेत बैंकिङ्ग प्रणालीबाट नेपालमा ल्याइ सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिन अन्तराष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै संचालनमा ल्याउने बैंकले जनाएको छ । ​

सांग्रिला डेभलपमेन्ट बैंक स्थापना भएको १६ वर्ष पुगेको छ । देशभर बैंकका १०४ शाखा र ३१ एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL