Logo

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त, हाइड्रो विज्ञका रुपमा परिचित

सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त, हाइड्रो विज्ञका रुपमा परिचित



काठमाडौं । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका भएको छ । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

laxmi

बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरे । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही कार्य गरिसकेका छन् ।

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर छन् । देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित छन् ।

विगत २४ वर्षको पेशागत अनुभव संगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL