Logo

यस्तो छ एनआइसी एसिया, एभरेष्ट, लक्ष्मी, सानिमा, कृषि र नेपाल बैंकको वित्तिय विवरण, कुन बैंकको अवस्था कस्तो ?

यस्तो छ एनआइसी एसिया, एभरेष्ट, लक्ष्मी, सानिमा, कृषि र नेपाल बैंकको वित्तिय विवरण, कुन बैंकको अवस्था कस्तो ?



एनआईसी एशिया बैंकको नाफा १५.६४ प्रतिशतले बढ्यो

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

laxmi

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ । साथै, असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

बैंकको चालु आर्थिक वर्षको तीन महिनामा जगेडा कोष ११.३१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ । साथै कर्जा ६.२६ प्रतिशत बढेको छ ।

एभरेष्ट बैंकले कमायो ५७ करोड ८८ लाख नाफा

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढाएको छ । यसकारण पनि बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो । यस अवधिसम्म आउदा बैंकले एक अर्ब नौ करोड १९ लाख रुपियाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको यसै त्रैमाससम्मको भन्दा ६.७० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब दुई करोड ३२ लाख रुपियाँ थियो ।

यस्तै, यो अवधिसम्म बैंकको सञ्चालन नाफा ७२.९९ प्रतिशतले बढेर ८२ करोड ७३ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकको यस्तो नाफा ४७ करोड ८२ लाख रुपियाँ थियो । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको चुक्ता पुँजी आठ अर्ब ९३ करोड रुपियाँ र जगेडा कोषमा ११ अर्ब ९८ करोड रुपियाँ रहेको छ । आलु आवको तीन महिनामा बैंकले एक खर्ब ६३ अर्ब ९४ करोड रुपियाँ कर्जा लगानी गरेर एक खर्ब ३५ अर्ब ५१ करोड रुपियाँ निक्षेप संकलन गरेको छ ।

लक्ष्मी बैंकको वितरणयोग्य नाफा बढ्यो

लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले गत आर्थिक वर्षको यसै अवधिसम्म ३१ करोड २३ लाख रुपियाँ नाफा कमाएको बैंकले यस वर्ष नाफा बढाएर ७५ करोड ४८ लाख रुपियाँ पुर्याउन सफल भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बृद्धि गरेको छ । यसकारण नाफामा सुधार आएको हो । यस अवधिसम्म बैंकले खुद ब्याज आम्दानी १६.९७ प्रतिशतले बढाएर ८९ करोड १७ लाख रुपियाँ पुर्याउन सफल भएको छ । त्यस्तै बैंकको सञ्चालन नाफा ७२.५९ प्रतिशतले बढेर ७७ करोड ३२ लाख रुपियाँ पुगेको छ ।

खुद नाफा बढेसंगै नाफा बढेसँगै बै‌कको प्रतिशेयर आम्दानी पनि ७ रुपियाँ ९५ पैसाबा बढेर २० रुपियाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपियाँ ७४ पैसा र मुल्य आम्दानी अनुपात १५.९६ गुणा छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपियाँ र जगेडा कोषमा चार अर्ब २९ करोड ७१ लाख रुपियाँ छ । समिक्षा अवधिमा बै‌कले एक खर्ब १७ अर्ब रुपियाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले रू. ५६ करोड ७८ लाख ६० हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ५२ दशमलव १४ प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. ३७ करोड ३२ लाख ५५ हजार यो नाफा गरेको थियो । बैंकको सञ्चालन नाफा यस वर्ष ४७ दशमलव ४५ प्रतिशत बढी रू. ७८ करोड ६२ लाख ५३ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ९६ करोडभन्दा बढी छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार रहेको छ । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोष रकम रू. ५ अर्ब ७५ करोड १५ लाखभन्दा बढी रहेको छ ।

बैंकको निक्षेप संकलन गत वर्षभन्दा ९ दशमलव ४८ प्रतिशत बढी रू. १ खर्ब ४० अर्ब ५९ करोड ७९ लाख रहेको छ भने कर्जा प्रवाह गत वर्षभन्दा ७ दशमलव ३९ प्रतिशत बढी रू. १ खर्ब २७ अर्ब ८६ करोड ६३ लाख रहेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ४ प्रतिशतदेखि बृद्धि भई शून्य दशमलव ११ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४६ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४१ रहेको छ ।

कृषि विकास बैंकको वितरणयोग्य नाफा २ करोड ४५ लाख

कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म बैंकको नाफा ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको थियो । बैंकको संचालन मुनाफा १ अर्ब ७० करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंको खुद ब्याज आम्दानी १ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २७.२९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा बैंकले ११ अर्ब ८३ करोड ६२ लाख ५४ हजार रुपैयाँ राखेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले १ खर्ब ५३ अर्ब २२ करोड ५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६५ अर्ब ५ करोड ६७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खराब कर्जा पनि घटाएको छ । विवरणअनुसार बैंकले निष्क्रिय कर्जा २.३७ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४०.२ रुपैयाँ रहेको छ ।

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.९८ प्रतिशत बढेको छ । साथै सञ्चालन मुनाफा २१.९७ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ४.६६ प्रतिशत बढेको छ भने बैंकको निक्षेप ६.३२ प्रतिशत बढेको छ । साथै कर्जा ९.३९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL