Logo

मेगा बैंकको नाफामा ५० प्रतिशतको वृद्धि, वितरणयोग्य नाफा कति पुग्यो ?

मेगा बैंकको नाफामा ५० प्रतिशतको वृद्धि, वितरणयोग्य नाफा कति पुग्यो ?



काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढी हो ।

laxmi

उक्त अवधिमा बैंकले १ अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस वर्ष बैंकले खुद ब्याज आम्दानी प्रतिशतले बढी हो ।

गत वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको असोज मसान्तसम्म वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हाजर रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा ६ अर्ब ५९ करोड २९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ४२ अर्ब ३२ करोड ४५ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.८९ प्रतिशत, प्रतिसेयर आम्दानी २४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL