Logo

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार, ३० वर्ष बढी अवधिको कार्य अनुभव

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार, ३० वर्ष बढी अवधिको कार्य अनुभव



विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन् । स्वारसँग नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढी अवधिको कार्य अनुभव रहेको बैंकले जनाएको छ ।

laxmi

स्वारलाई बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेकी थिइन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL