Logo

खुम्चिदै विदेशी मुद्राको सन्चिती, अब जम्मा साढे सात महिनाको आयात मात्र धान्ने

खुम्चिदै विदेशी मुद्राको सन्चिती, अब जम्मा साढे सात महिनाको आयात मात्र धान्ने



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो दुई महिनामा शोधनान्तर स्थिती घाटामा रहेको छ । पछिल्लो समय देशमा भित्र्ने रेमिटान्समा आएको गिरावट एवं आयात वृद्धि उच्च भएसँगै शोधनान्तर घाटा बढेको हो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिती ८३ अर्ब ४१ करोडले रुपैयाँले घाटामा रहेको छ । तर अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिती ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । यसैगरी सो अबधिमा चालू खाता पनि १ खर्ब ६ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।

तर सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने समेत २४.६ प्रतिशतले वृद्धि भई ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।

यसैगरी सो अवधिमा कुल विदेशी मुद्रा संचितीमा पनि गिरावट आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३ खर्ब ०६ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.६ प्रतिशत, ६४.७ प्रतिशत र २५.३ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL