Logo

हिमालयन बैंकले गर्यो उच्च लाभांश प्रस्ताव, यस्तो छ बोनस र नगदको अनुपात

हिमालयन बैंकले गर्यो उच्च लाभांश प्रस्ताव, यस्तो छ बोनस र नगदको अनुपात



काठमाडौं । हिमालयन बैंकले उच्च दरमा लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८को नाफाबाट २६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

बुधवार बसेको बैंकको संचालक समितिले सेयरधनीहरुलाई २१.३६ प्रतिशत बोनस सेयर ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको हाल कायम रहेको १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश अब राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL