Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, बाढी पीडितलाई राहत वितरण

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, बाढी पीडितलाई राहत वितरण



नवलपरासी । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो ।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL