Logo

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने



काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL