GBIME

ग्लोबल आइएमई बैंकका नवनियुक्त डीसीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण


बिजखबर संवाददाता
18 August, 2021 9:20 am

surendraraj_regmi gbime

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।

Bajaj
NABIL
YAMAHA

गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गरेको थियो ।

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

sarbottam

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जा तर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

MBL