Logo

ब्याज आम्दानी घटेपनि एनसीसी बैंकको खुद नाफामा वृद्धि, कमायो १ अर्ब २७ करोड

ब्याज आम्दानी घटेपनि एनसीसी बैंकको खुद नाफामा वृद्धि, कमायो १ अर्ब २७ करोड



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार एनसीसी बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद नाफा भने बढेको छ । एनसीसी बैंकले गत असार मसान्तसम्ममा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६८ प्रतिशत बढी हो ।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४० करोड ५६ लाख रुपैयाँबाट बढेर ४१ करोड ९२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०।२७ प्रतिशत बढेको छ भने जगेडा कोष १२।१७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४६.४९ प्रतिशत र कर्जा ४५.३९ प्रतिशत बढेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४७ पैसा बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL