Logo

ब्याज आम्दानी बढ्दा प्रभु बैंकको नाफामा वृद्धि, एकै वर्षमा ६८ प्रतिशतले बढ्यो नाफा

ब्याज आम्दानी बढ्दा प्रभु बैंकको नाफामा वृद्धि, एकै वर्षमा ६८ प्रतिशतले बढ्यो नाफा



काठमाडौं । प्रभु बैंकको ब्याज आम्दानी बढ्दा गत आर्थिक वर्षमा नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको नाफामा ६८ प्रतिशतले वृद्धि भएरसँगै नाफा २ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

laxmi

अघिल्लो वर्ष प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो । बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड आर्जन गरेको छ ।

बैंकले एकवर्षको अवधिमा निक्षेप कर्जा आकार बृद्धि उच्च छ । असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप थियो भने कर्जा ९९ अर्ब थियो । प्रभु बैकको ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी छ ।

प्रभु बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १ अर्ब ४८ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL