Logo

राष्ट्र बैंक संचालक समितिमा अर्थसचिव मरासिनी नियुक्त, लिए पद तथा गोपनियताको शपथ

राष्ट्र बैंक संचालक समितिमा अर्थसचिव मरासिनी नियुक्त, लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबार सर्वाेच्च अदालतका न्यायधीश तेज बहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक संचालनक समितिको सदस्यको रुपमा शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ बमोजिम अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको संचालन समिति सदस्य हुने हुने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप उनले आज संचालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका हुन् ।

उनको शपथ ग्रहण कार्यक्रममा सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL