GBIME

कुमारी बैंकको सहयोग, बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई तीन लाख प्रदान


बिजखबर संवाददाता
4 August, 2021 8:48 am

kumari bank

काठमाडौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख आर्थिक सहयोग गरेको छ ।

Bajaj
NABIL
YAMAHA

एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो । बिगत ३ बर्ष देखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।बेलका नगर प्रमुख दुर्गा कुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए । 

बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ । 

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL