GBIME

सिद्धार्थ बैंक र अर्थोप्लास्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिह्याब सेन्टरमा २५ प्रतिशत छुट


बिजखबर संवाददाता
3 August, 2021 3:46 pm

siddartha-arthopalst

काठमाडौ। सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा। लि।बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका हेड अफ सर्कल अफिस कुमारीपाटी ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका हुन ।

Bajaj
NABIL
YAMAHA

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टर प्रा. लि. मा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैकिङग इन्टरनेट बैकिङ्ग प्रयोग गरेबापत फिजियोथेरापी सेवाको भुक्तानी शुल्कमा २५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । साथै उपत्यका बाहिरका विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन । 

यस्तो छुट मनकामना अस्पताल, टुम्लिङटार, चितवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, चितवन, पार्कल्याण्ड अस्पताल, पोखरा नवजिवन फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर बुटवल,  न्यूरोप्लास्ट फिजियोथेरापी र रिह्याबिलीटेशन सेन्टर, धनगढी पनि पाउन सकिने बैंकले जानकारी दिएको छ ।

sarbottam

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथाप्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ लगायतका डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

MBL