Global_Ime

महालक्ष्मी विकास बैंकले फोटोन ब्रान्डका गाडी खरिद गर्न ८० प्रतिशतसम्म सरल कर्जा दिने


बिजखबर संवाददाता
30 July, 2021 9:13 pm

mahalaxmi bikash bank-maw

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ ।

Yamaha

जसका लागि बैंकले एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्ससँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom