Logo

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना, कर्मचारीले ७ दिन अनिवार्य भ्रमण विदा लिनुपर्ने

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना, कर्मचारीले ७ दिन अनिवार्य भ्रमण विदा लिनुपर्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीहरुले अब बर्षमा ७ दिन भ्रमण बिदा लिनुपर्ने भएको छ । बैंकले कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको हो ।

laxmi

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको जानकारी दिएको छ । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ ।

यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबीे बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले हाल ७ वटै प्रदेश तथा ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटीएम, २ सय ५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढि सेवा केन्द्रबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL