Logo

चारवर्षे कार्यकाल नसकिदैं सेन्चुरी बैंकबाट बाहिरिए सिईओ गौतम, दिए पदबाट राजीनामा

चारवर्षे कार्यकाल नसकिदैं सेन्चुरी बैंकबाट बाहिरिए सिईओ गौतम, दिए पदबाट राजीनामा



काठमाडौं । सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतम बैंकबाट बाहिरिएका छन् । गौतमले आइतबार संचालक समितिसमक्ष आफ्नो कार्यकाल नपुग्दै राजीनामा दिएका हुन् ।

गौतम २०७५ बैशाख १९ गतेदेखि चार वर्षका लागि बैंकको सिईओ नियुक्त भएका थिए । कार्यकाल सकिन नौं महिना बाँकी छँदा गौतम बाहिरिएका हुन् ।

नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी नेपाल इन्डोस्वेज बैंक हुँदै एसबिआइ बैंक गएका थिए । त्यसपछि उनी माछापुच्छ्रे बैंकको सीईओ भए ।

सेन्चुरीमा सिइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL