Logo

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता, टाटाको गाडी खरिदमा ७० प्रतिशत कर्जा सहजै पाईने

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता, टाटाको गाडी खरिदमा ७० प्रतिशत कर्जा सहजै पाईने



काठमाडों । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रालिबीच सम्झौता भएको छ । टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा उपलब्ध गराउने गरी बैंकले कम्पनीसँग कर्जासम्बन्धि सम्झौता गरेको हो । सम्झौता अनुसार सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।

laxmi

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १ सय ५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL