Logo

एनआईसी एशिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई आजबाट बिक्रि खुल्यो, यसरी दिनुस आवेदन

एनआईसी एशिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई आजबाट बिक्रि खुल्यो, यसरी दिनुस आवेदन



काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ ।

laxmi

क्यापिटलले आजबाट प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बैंकिङ समय भित्र आवेदन दिन सक्नेछन् ।

सात वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL