Logo

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवाको साझेदारी, बेलायतबाट नेपालमा पैसा पठाउन सहज

एभरेष्ट बैंकद्वारा बेलायतको श्पुन रेमिटसँग रेमिट्यान्स सेवाको साझेदारी, बेलायतबाट नेपालमा पैसा पठाउन सहज



काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

laxmi

सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

श्पुन रेमिट, अन्लाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एमए फास्टमोवअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।

अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

यस साँझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्नेछ । श्पुन रेमिटबाट प्राप्त गरिएको  रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजित मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्य कुनैपनि शाखा बाट नगद भुक्तानी लिन सकिने छ ।  

प्रतिक्रिया दिनुहोस्
MBL