Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, समता शैक्षिक गुठीलाई ३ लाख सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, समता शैक्षिक गुठीलाई ३ लाख सहयोग



काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ ।

laxmi

बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल ३ लाख सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।

बुधबार एक कार्यक्रमका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक सञ्जेललाई उक्त रकमको चेक हस्तान्तरण गर्दै गुठीले गरेको कामको प्रशंसा गरिन् ।

यस्तै दिपक सञ्जेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बिकास गर्दै जाने जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL