Logo

कृषि विकास बैंकको संचालक समिति सदस्यमा दीर्घराज मैनाली नियुक्त, लिए सपथ

कृषि विकास बैंकको संचालक समिति सदस्यमा दीर्घराज मैनाली नियुक्त, लिए सपथ



काठमाडौं । कृषि बिकास बैंकको बैंक संचालक समितिको संचालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् ।

laxmi

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दीर्घराज मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन् ।

सो अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा हरि बहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का कामु उपमहाप्रबन्धक प्रताप सुवदी, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको  थियो ।   

प्रतिक्रिया दिनुहोस्
MBL