Logo

कृषि सुधार शुल्क घटाउन भारतको प्रस्ताव, नेपालले गर्यो अस्वीकार

कृषि सुधार शुल्क घटाउन भारतको प्रस्ताव, नेपालले गर्यो अस्वीकार



काठमाडौं । भारतले कृषि सुधार शुल्क घटाउन नेपाललाई प्रताव गरेको छ । यही अप्रिल २४ देखि २६ सम्म चलेको दुई देशबीचको सचिव स्तरीय बैंठकमा भारतले नेपाललाई कृषि सुधार शुल्क घटाउन आग्रह गरेको हो ।

हाल नेपालमा भारतबाट आयात हुने कृषिजन्य बस्तुमा लाग्दै आएको मौजुदा शुल्क घटाउन अनुरोध गरेपनि नेपालले भने त्यसलाई इन्कार गरेको छ । स्वदेशी कृषि उत्पादनलाई प्राथमिकता दिनका लागि नेपालले कृषि सुधार शुल्न घटाउन नसकिने भारतीय पक्षलाई जवाफ दिइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘आगामी दिनमा आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै जथाभावी आयात हुने बस्नुलाई रोकिने छ,’ उनले भने, ‘देशको आर्थिक बृद्धिको लागि राष्ट्रिय उत्पादनलाई बढवा दिनुपर्छ नेपाल विदेशी सस्तु बस्नु थुपार्ने डम्पिङ्साइट होइन ।’

उनले नेपालको कृषि क्षेत्र सुरक्षित भएको जानकारी दिँदै त्यस्ता क्षेत्रमा सहज रुपमा विदेशी उत्पादन आयात हुन नदिने समेत उनले उद्घोष गरे । त्यस अवसरमा उनले कृषि संरक्षित क्षेत्र भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL