Logo

१९ बुँदे घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सम्पन्न

१९ बुँदे घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सम्पन्न


रामराजा श्रेष्ठ
27
Shares

सहकारीमार्फत गरिबी निवारण गरी समुन्नत अर्थतन्त्र निर्माण गरिने

बिजखवर सम्वाददाता, काठमाडौं ।
साना विकास बैंक तथा कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको प्रथम किसान सम्मेलन १९ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । ४५ भन्दा बढी जिल्लाका साना किसानहरुको प्रतिनिध सहभागिता भएको उक्त सम्मेलन काठमाडौंमा दुई दिनसम्म चलेको थियो । सम्मेलनले आर्थतन्त्रको निर्माण सहकारीबाट हुने भन्दै सहकारीले व्यवसायीक कृषि उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनले सन् २०२५ सम्म नेपालमा गरिवी न्यूनीकरण लागि सुनिश्चितता सहितको लक्ष्य प्रस्ताव गरेको छ । साना किसानसँग आवद्ध विभिनन संस्थाहरुले लक्षित गरीव वर्गमा वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी नेपालको गरीवी न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउदै आएका छन् । सन् २०२५ सम्ममा नेपालका ७० जिल्लामा वसोवास गर्ने १० लाख भन्दा बढी गरीव परिवारमा वित्तीय तथा गैरवित्तीय सेवाको पहुँच विस्तार गर्नु प्रमुख लक्ष्य रहेको छ ।

गरिवी निवारणका लागि पूर्वाधार निर्माण, सामाजिक सामीप्यता, लैङगिक समावेशिता, उद्दयमशीलता तथा रोजगार र बजार विकास जस्ता एक आपसमा अन्तरसम्वन्धित पक्षहरुको प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् ।

यस्तो छ १९ बुँदे घाषणापत्र

ड्ड साना किसान कृषि सहकारी संस्था लि. र यस्तै प्रकृतिका अन्य संस्थाहरुले विपन्न र सीमान्तकृत समुदायसम्म वित्तीय सेवाको पहँुच विस्तार गरी गरिवी न्यूनीकरण र सामाजिक पुँजी निर्माणको बृहत् लक्ष्यका लागि एकीकृत प्रयास गर्ने ।
ड्ड संस्थाको व्यवस्थापन, निर्र्णय पक्रिया र सदस्य परिवारको आथिर्क सामाजिक विकासमा महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको सहभागितामा अभिवृद्धि गर्ने ।
ड्ड संस्थाका सदस्यहरुको सूचना नियमित संकलन गर्ने र सामाजिक तथा आथिर्क समावेशिता पहिचानका लागि त्यस्ता संकलित तथ्याङकको विश्लेषण गरी कार्यान्वयन गर्ने ।
ड्ड सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दातृ संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरुबीच सम्पर्क तथा समन्वय विस्तार गरी, विपन्न वर्गलाई विभिन्न उद्य्म व्यवसाय, पूर्वाधार निर्माण, मूल्य श्रृङखला प्रवद्र्धन र दिगो सम्वृद्धिका लागि आवश्यक लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी सदस्यहरुको समावेशी आथिर्क वद्धिको अवसर सिर्जना गर्ने ।
ड्ड दुग्ध तथा मासुजन्य पदार्थको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न व्यवसायिक पशुपालन कार्यलाई प्रोत्साहन गर्ने ।
ड्ड साना किसानद्वारा उत्पादित कृषिजन्य वस्तुको वजारीकरण र त्यस्ता वस्तुको मूल्य अभिवृद्धिमा सहयोग पु¥याउन केन्द्ररीयस्तरमा थोक वजार स्थापन गर्न सहजीकरण गर्ने ।
ड्ड साना किसान सदस्यहरुको चाहना र सहकारी मूल्य र सिदान्त अनुरुप साना किसान सहकारी संस्था संचालन गर्न देश भित्रका तथा अन्य बाह्य देशमा देखिएका असल अभ्यासहरुको पहिचान तथा अभिलेख संकलन गरी त्यस्ता अभ्यासहरुको अनुसरण गर्ने ।
ड्ड साना किसान कृषि सहकारी संस्थाहरुलाई सक्षम र सबल रुपले संचालन गर्न सेवा नपाएको वा अपेक्षित सेवा लिन नसकेको व्यक्तिलाई गुणस्तरीय र समयमै सेवा दिने सक्षम जनशक्ति विकासका लागि केन्द्रीय स्तरमा तालिम केन्द्रको स्थापना गर्ने ।
ड्ड सूचना आदान प्रदान एवं अनुगमनका लागि सरोकारवाला संस्थाहरु बिच कम्प्यूटरीकृत डाटावेस स्थापना गरी अध्यावधिक गर्ने व्यवस्था मिलाउने ।
ड्ड संस्थाहरुले आफ्ना सदस्यहरुमा कुशल एवं प्रभावकारी सेवा प्रदान गरी यसको दिगोपना, विस्तार र अनुसरणका लागि प्रभावकारी सुशासनको सुनिश्चितता गर्ने ।
ड्ड विपन्न तथा साना किसान परिवारका सदस्यहरुको जीवन, सम्पत्ति, व्यवसाय आदिका जोखिमलाई न्यूनीकरण गर्न साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान सहकारी संस्था तथा अन्य सरोकारवालाको स्वामित्वमा सहकारी विमा कम्पनी स्थापना गर्ने ।
ड्ड आधुनिक सूचना प्रणालीको उपयोग गरी लघुवित्त सेवाको पहुँच बढाउने ।
ड्ड साना किसान विकास अभियानलाई अझै सशक्त र प्रभावकारी रुपमा संचालन एवं विस्तार गर्न आवश्यक आचार संहिता लागु गर्ने ।
ड्ड साना किसानका परिवतिर्त आवश्यकता पूति र्गर्न उत्पादन तथा सेवाहरुलाई बजारमुखी ढङगबाट विकास एवं विविधीकरण गर्ने ।
ड्ड नवीकरणीय तथा स्वच्छ उर्जा उत्पादन गर्ने उपकरणहरुको प्रवद्र्धन गर्ने र प्रत्येक साना किसान परिवारको घरमा नवीकरणीय उर्जा उत्पादन गर्ने उपकरण जडानका लागि प्रोत्साहन गर्ने ।
ड्ड संस्था तथा सदस्य दुवैको हित संरक्षण गर्न ग्राहक सुरक्षा सिदान्त र सामाजिक कार्य सम्पादन मापनको पद्दति क्रमशः प्रयोगमा ल्याउने ।
ड्ड साना किसान विकास अभियानको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल गरी यसको दूरदृष्टि, रणनीति र कार्ययोजना तर्जुमा गर्ने ।
ड्ड यस सम्मेलनको लक्ष्य प्राप्तिका लागि लघुवित्त सम्मेलन, नेपाल वचत तथा ऋण सहकारी संस्थाहरु को सम्मेलन, अन्तराष्ट्रिय लघु कर्जा सम्मेलनसँग हातेमालो गर्ने ।
ड्ड साना किसान विकास अभियानको सम्बन्धमा चेतना अभिवृद्धि गर्न, उपयुक्त वातावरण सिर्जना र कार्ययोजनाको सफल कार्यान्वयनमा योगदान पु¥याउन आमसञ्चार माध्यमसँग सहकार्य गर्ने ।

प्रतिक्रिया दिनुहोस्
MBL