Logo

दियोको नाफा २७ लाख, शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश

दियोको नाफा २७ लाख, शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता, काठमाडौं । दियो सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले शेयर धनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । सहकारीको काठमाडौंमा आईतवार सम्पन्न छैटौं साधारणसभाले १५ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको अध्यक्ष विकास थापाले जानकारी दिए ।

साधारणसभाले कोषाध्यक्ष कृष्णराज बिष्ट प्रस्तुत गरेको आर्थिक वर्ष २०७०÷७१ को आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदअनुसार संस्थाले समिक्षा अवधिसम्ममा ६१ लाख ६३ हजार २ सय शेयर पूंजी र ८ करोड ५३ लाख ५३ हजार वचत संकलन गरी ७ करोड ८० लाख ३१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । उक्त अवधिमा संस्थाले २७ लाख २७ हजार मुनाफा आर्जन गरेको हो ।

संस्थाको छैठौं बार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त अवसरमा ८५ जना व्यक्तिले रक्तदान गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL