Logo

कृषि अनुदान सदुपयोग भइरहेको कृषि मन्त्रालयको दाबी, गत आवमा ९ अर्व खर्च

कृषि अनुदान सदुपयोग भइरहेको कृषि मन्त्रालयको दाबी, गत आवमा ९ अर्व खर्च


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

२८ पुस, काठमाडौं ।  कृषि विकास मन्त्रालयले विभिन्न परियोजनामार्फत वितरण गरिरहेको कृषि अनुदान सदुपयोग भइरहेको दाबी गरेको छ ।

 मन्त्रालयले आइतवार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । ‘परियोजनामार्फत वितरण गरिएको अनुदान रकमको सदुपयोग भएको पाइएको छ’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने । सो अवसरमा ठाकुरले सबै परियोजनाको खर्च विवरण र खर्च गर्ने शैलीबारे जानकारी दिएका थिए ।

अनुदान रकमको दुरुपयोग भएको भन्दै सवैतिर निन्दा भइरहेपनि परियोजना मार्फत भएको खर्च पारदर्शी भएको उनको जिकिर गरेको छ । मन्त्रालयले कृषि पेशामा युवा तथा अन्य किसानलाई आकर्षित गर्न चालू आर्थिक बर्ष २०७१/७२ मा ११ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अघिल्लो आव ०७०/७१ मा ९ अर्व ६२ करोड विनियोजन गरेको थियो । त्यसमध्ये ८ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । कृषि अनुदान लक्षित बर्ग नभई राजनीतिक दलका कार्यकर्ता र केही व्यवसायीले मात्रै पटक पटक उपयोग गरिरहेको गुनासो बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL