Logo

सहकारीले पनि उद्योग खोल्न पाउने, १४ वटै अञ्चलमा सहकारी तालिम केन्द्र खोनिले

सहकारीले पनि उद्योग खोल्न पाउने, १४ वटै अञ्चलमा सहकारी तालिम केन्द्र खोनिले


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

काठमाडौं, पुस २१ । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी संस्थाले पनि अब ‘सहकारी उद्योग’ खोल्न पाउने बताएका छन् । सहकारी ऐन २०२८ लाई संसोधन गरेर उक्त व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । ‘हाल मौजुदा सहकारी ऐन संसोधनको क्रममा रहेको छ,’ सहकारी पत्रकारद्वारा आयोजित ‘राष्ट्रिय अर्थतन्त्रमा साना किसान सहकारीको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्द उनले भने,’ ‘सहकारीले कृषि उद्योग स्थापना गर्न सके राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्नेछ ।’

विशेषगरी दूध, मासुजस्ता कृषि उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा सहकारीको योगदान बढ्ने उनको भनाई थियो । त्यसैगरी सरकारले नयाँ बनेका  नयाँ नगरपालिकामा संचालित सहकारीलाई करमा छुट दिने व्यवस्था गरेको छ । कृषि क्षेत्रको विकास गर्न कृषि बीमातर्फ कृषकलाई आकर्षित गर्दै सहकारीमार्फत कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी नीति २०६९ कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाउन लागिएको समेत पौडेलले जानकारी दिए । ‘जीआईजेटको प्राविधिक सहयोगमा नीति कार्यान्वयन गर्न एक्सन प्लान बनाउन लागिएको छ,’ उनले भने । हाल १४ वटै अञ्चलमा सहकारी तालिम केन्द्र र ७५ जिल्लामा सहकारी डिभिजन कार्यालय खोल्ने तयारी भइरहेको समेत उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा साना किसान विकास बैंक एंवम नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीले उद्योग संचालन गर्न नपाउने समस्याले कृषि सहकारीले प्रगति गर्न नसकेको बताए । कृषिको विकासका लागि ‘एक गाविसमा एक उत्पादन’लाई प्राथमिकता दिइने उनको भनाई थियो । देशमा सिचाई, प्रविधि, रिसर्च सेन्टर अभावका कारण सहकारीले कृषिमा रचनात्मक काम गर्न नसकेको पाठकले बताए । ‘साना किसान सहकारीले किसानहरुलाई व्यवसायिक बनाएको छ ।’ उनले भने ‘किसानलाई अझ व्यवसायीक बनाउन शीप र प्रविधिमा जोड दिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL