Logo

नेपालको कृषि विकास नहुनुमा यस्ता छन् ५ कारण, विज्ञ भन्छन् महिला र युवालाई सहभागी गराउ

नेपालको कृषि विकास नहुनुमा यस्ता छन् ५ कारण, विज्ञ भन्छन् महिला र युवालाई सहभागी गराउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा कृषिको दिगो विकास हुनमा प्रमुख ५ कारण रहेको विज्ञहरुले बताएका छन् । राजनीतिक अस्थिरता, आपूर्तिमा क्षमता अभिवृद्धि हुन नसक्नु, नीतिगत अवरोध, उच्च दरमा बसाईँसराई हुनु र बजेटको उपयोगमा संस्थागत व्यवस्था नहुन जस्ताकारणले नेपालमा कृषिको दिगो विकास हुन नसकेको सम्बद्ध विज्ञहरुको भनाइ छ । नेपालमा दिगो कृषिको विकासःचुनौतीहरु, संभावनाहरु र विकल्पहरु विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी कृषि विज्ञहरुले सो कुरा बताएका हुन् ।

कृषिलाई दिगो र भरपर्दो बनाउनका लागि संस्थागत विकास गर्नुपर्ने, नीतिगत समस्याहरुको समाधान गरिनुपर्ने, न्यूनतम प्राकृतिक स्रोतहरुको प्रयोगबाट अधिकतम लाभ लिने वातावरण तयार गर्नुपर्ने उनीहरुको भनाइ छ । विशेषगरी नेपालमा डेरी क्षेत्रको विकासको संभावना रहेको र बजार संभावना भएका वस्तुहरुका लागि अनुसन्धानको आवश्यकता भएकोभ भन्दै स्थानीय मागलाई सम्बोधन गर्नुपर्ने उनीहरुको तर्र्क थियो ।

नेपालमा उच्च मूल्य भएका कृषि उपजहरु उत्पादन गर्न सकिने सम्भावना रहेको भन्दै जसको लागि सहि नीतिको आवश्कयता रहेको इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्प्री)का महानिर्देशक सेंगेन फानले बताए । भर्खरैमात्र आएको जेटमा कृषिलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेकाले यसले कृषक समूदायको उत्थानमा सहयोग पुग्ने उनको भनाइ थियो । ‘कृषिमा आबद्ध महिला तथा युवाहरुलाई सम्बोधन गरिनुपर्ने पर्छ,’ उनले भने, ‘नेपाली महिलाहरुको नेतृत्वमा खाद्य उत्पादनमा विविधिकरण गर्न सकिनेछ ।’

त्यसैगरी इफ्प्रीका दक्षिण एशियाली निर्देशक पि. के. जोशीलेसम्मेलनले आगामी दिनमा चाल्नुपर्ने कदमको बारेमा चर्चा गरेका थिए । नेपालको कृषिलाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताउँदै कृषिको विकासमा कृषि पर्यटनको संभावना भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL