GBIME

सहकारी बैंकका सदस्यले पाए करिब ५७ लाखसम्म संरक्षित पूँजीफिर्ता कोषको रकम


बिजखबर संवाददाता
16 June, 2022 11:26 am

sahakari bank

ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७लाख सम्म संरक्षित पुँजीफिर्ता कोषबापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले करिब ५७ लाख रकमप्राप्त गरेको हो ।

NLIC
LAXMI

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ-संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७१२ सहकारी संघ/संस्थाहरुको संरक्षित पूँजीफिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकमफिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL