Logo

विश्व आलु सम्मेलन आयरल्याण्डको डब्लिनमा सुरु, आलु खेतीसम्बन्धी नयाँ–नयाँ तरिका र प्रविधिबारे छलफल हुने

विश्व आलु सम्मेलन आयरल्याण्डको डब्लिनमा सुरु, आलु खेतीसम्बन्धी नयाँ–नयाँ तरिका र प्रविधिबारे छलफल हुने



काठमाडौं । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।

सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।

यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ ।

साथै सो सम्मेलनमा धेरै प्रकारका आलुका उत्पादन, खेती र यसका लागि आवश्यक प्रविधिका साथै आलुखेतीको दिगोपनसम्बन्धी प्रदर्शनी पनि राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL